गजल

गजल – लीलाराज दाहाल

11 months ago अनलाइन मझेरी 0
बिझाउँदैन पचिसक्यो गाली आजभोलि पानी होइन रगत बग्छ खाली आजभोलि  इमान जमान मासियो हराए इमान्दार सल्बलाउँछन् यताउता जाली आजभोलि  समयकाल साह्रै अचेल खराब भएको छ सैतान ठगहरु पाउँछन् ताली आजभोलि  सन्त्रास र भयको शासन चल्दैछ अझै रक्ताम्मे छन् चरी बस्ने डाली आजभोलि  फूल फुल्न छोडी सक्यो, उजाड भो वाग कुर्सी खोस्नै व्यस्त छन् माली आजभोलि  ।।। थप समाचार

गजल – युवराज सफल

1 year ago अनलाइन मझेरी 0
थाहा छैन जिन्दगीको जहाज कहाँसम्म जान्छ यत्रो विश्वमा मेरो यो आवाज कहाँसम्म जान्छ यति चोखो त्यो प्यारको बाचा बन्धन चुँडालेर म पनि हेर्छु अब धोकेवाज कहाँसम्म जान्छ जति बोले पनि र नबोले पनि चोखो प्यारमा देख्नुछ प्यारमा मनको राज कहाँसम्म जान्छ मुना र मदन जस्ता प्रेम जोडी हरु पनि छन् हेर्नुपर्छ अब सम्मानको ताज कहाँसम्म थप समाचार

गजल – लीलाराज दाहाल

1 year ago अनलाइन मझेरी 0
  नबोली नबोली तिमी छेउ आयौ र ढोकै नखोली तिमी छेउ आयौ । सुहाएन प्यारी नयनको इशारा दबाएर बोली तिमी छेउ आयौ । बडा चाडमा आउ भन्दा नमानी न माघी न होली तिमी छेउ आयौ । रमाउँ खुशीले थियो आश ठूलो लिई रित्तो झोली तिमी छेउ आयौ । म हेरूँ कसोरी नियालेर प्यारी न घुम्टी थप समाचार

गजल – लीलाराज दाहाल

1 year ago अनलाइन मझेरी 0
सुराकी या चेला बुझ्नै सकिएन झिम्क्याउँदा परेला बुझ्नै सकिएन । चारैतिर हल्ला के को हो के को हो ? रातको छ बेला बुझ्नै सकिएन । बसीबसी खान्छ अनि उसकै हातमा कसरी भो ठेला बुझ्नै सकिएन । घोडा जति देख्छु बाहिरैे बाँधेको, खालि छ तबेला बुझ्नै सकिएन । एक्ली अबलाको चीरहरण हुँदा नि , चुपचाप छ थप समाचार
error: Content is protected !!