चैत्र १४ गते २०७६

कोरोनाको सन्त्रासमा निजी अस्पतालले मानवता बिर्सिएपछी…..

बिबेक चन्द ठकुरी (मध्यपश्चिम , नेपाल)

नेपालका निजी अस्पतालहरुले ज्वरो साथै रुघाखोकी लागेका बिरामीहरुलाई चेकजाॅच नगर्ने वा अन्य अस्पतालहरुमा रिफर गर्ने गरेका र यस्ता खालका लक्षण देखा परेका बिरामीलाई केवल टेकु स्थित सुक्रराज ट्रपिकल र लगनखेल स्थित पाटन शिक्षण अस्पतालले मात्र भर्ना लिई उपचार गरेको भन्ने समाचार अघिल्लो साता एकै साथ प्रकाशित भए ।

लगत्तै फेरी कार्टुनिष्ट रबिन्द्रको “हामीले त खल्ती जाॅच्ने हो, कोरोना सोरोना हैन”!! भन्ने ब्यंग्य प्रहार सहितको कार्टुनले सामाजिक संजालमा निकै प्राथामीकता पायो । देशमा यति बेला कोरोना भाईरस (COVID-19 )को आक्रान्तले लकडाउन भएको र जनमानसमा एकखालको भयले छाएको अबस्थामा माथिका समाचारहरुले झन भयवित पारेको छ । देशमा भएका केही सरकारी अस्पतालहरु बिरामीको भिडभाड थेक्न नसकेको र बिरामीलाई भर्ना गरी स्तरिय उपचार गर्न बेड सबै भरिभराउले आमजनता कोरोना लाग्नु भन्दा पनी यस्ता कुराले मानसिकरुपमा कम्जोर हुदै गैरहेका छन । भलै रबिन्द्रको यो कार्टुनले ईख नहुने मानिस वा निजी अस्पताल संचालकहरुलाई ठाॅउका ठाॅउ ढल्ने ब्यंग्य प्रहार गरेता पनी, दुखको बेलानै हो, को आफ्नो को बिरानो चिन्ने भनेझै यो बिपतको घडीमा पक्कै पनी निजी अस्पतालले आफ्नो औकात देखाएका छन । बिगतमा पनी निजी अस्पतालले बिरामीहरुलाई लुटेका समाचार आईरहेकै हुन, तैपनी उपचार स्तरिय र डाक्टर योग्य छन भन्ने आषमा ऋणपान गरेर भए पनी निजी अस्पताल धाउने गरीब नत धनी भनिने नेपालीहरुलाई पनी यतीबेला पक्कै सजक बनाएको छ । जसो तसो सरकारी अस्पतालहरुले यो बेला गरेको आफ्नो निरन्तर र धैर्यवान सहितको कर्तब्य पालनाको यतिबेला मुक्त कण्ठले प्रसंसा गर्नै पर्दछ ।

यस्तो परिस्थितीमा निजी अस्पतालले बिरामीहरु माथी गरेको ब्यबहार र सरकारी अस्पतालले गरेको ब्यवस्थापनलाई सरकारले अबस्य मुल्यांकन गर्ला र गर्नु पनी पर्दछ । खल्ति जाॅच्ने, बिरामी नजाच्ने भन्नुको मतलब को संग कति पैसाको बिटो छ त्यसको आधारमा बिरामी भर्ना लिने वा उपचार गर्ने भन्ने रबिन्द्रजीको यो ब्यंग्य केवल ब्यंग्य मात्र नभै तितो यथार्त पनी हो । यसको लेखाजोखा अबका दिनमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरोस । सरकारी अस्पताललाई अझै उच्चस्तरको सेवा प्रदानका लागी बिशेष पहल गरी गरीब नेपाली मात्र जाने हो सरकारी अस्पताल भन्ने आमजनमानसको भ्रम माथि चिरोस र निजि अस्पताल भन्दा सरकारी अस्पतालनै सफल उपचारका लागी धनिगरीब सबैको आकर्षणको केन्द्र बनाओस ।

“भाग्यमानि देखेर चेत्छ, अभागी परेर चेत्छ” भने झै यति बेला नेपाल सरकारले आफुलाई अभागी साबित गरीसकोको छ, र यो बिकराल अबस्था आईपर्दा अब पक्कै पनी पिर परेको छ, त्यसैले चेत्नै पर्दछ र आउदा दिनहरुमा यो दुखद अबस्था बाट केही पाठ सिकी सरकारी अस्पतलहरुलाई अझै स्तरीय बनाउन सकोस चेतावनी र शुभकामना दिन चहान्छु । सक्षम सरकारले सरकारी अस्पतालमा सस्तोमा उच्च स्तरिय सेवा प्रदान गर्न सक्ने बनाएको खण्डमा बिरामी भन्दा खल्ती चेक गर्ने निजी अस्पताल त्यसै ओठ चाटेर तालु सुकाएर बस्नेमा हामी बिस्वस्त छौ ।

फेरी पनी अन्त्यमा सरकारलाई यो कुरा भन्दछु की यो कोरनाको बिकराल अबस्थाबाट निजी अस्पतालहरुले गरेको यस किसिमको ब्यवहारलाई ईख स्वरुप लिएर पक्कै पनी सरकारी अस्पतालहरुको स्तरोन्नत्ती गरी सबै खालका बिरमीको सफल उपचार गर्न सक्ने र आम जनताको आकर्षणको केन्द्र बनाउनेमा अझै सकरात्मक पहल कदम चालोस । सबै मानिस यतिबेला घर भित्रै बसौ, कोरना सर्नबाट आफु बचौ र अरुलाई पनी बचाऔ । धन्यबाद !