फागुन २४ गते २०७६

पहिलो पटक झुम्दैछ युएईको दुवई गायक नरेन्द्र प्यासीको साथमा

नेपाली सांगीतिक क्षेत्रका सदावहार र लोकप्रिय गायक नरेन्द्र प्यासीले पहिलो पटक युएईको दुवईमा आफ्नो एकल प्रस्तुती दिने भएका छन् । आउँदो मार्च १३ तारिकका दिन बर दुवईको रेनेट्री होटलको नसा दोहोरी साँझमा ‘नरेन्द्र प्यासी म्युजिकल नाईट’ मा गायक प्यासीले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

१३ तारिक शुक्रबारका दिन साँझ ६ बजेबाट सुरु हुने यस कार्यक्रमको तयारीमा जुटिरहेका आयोजक टिमका सदस्य र गायक नरेन्द्र प्यासीका प्रशंसक यस कार्यक्रमलाई लिएर उत्साहित देखिएका छन् । के भुल भयो प्रिया, तिमीले दिने माया, तिमी बिनाको जीवन, तिम्रो खुसीको लागि लगायतका सदावहार र चर्चित गीतहरुका गायक नरेन्द्र प्यासी दुवईमा यो पहिलो प्रस्तुती भएकाले पनि यस कार्यक्रमलाई लिएर उनका दर्शक खुसी देखिएका छन् । नेपाली सांगीतिक क्षेत्रका दशकौंको निरन्तरता दिएका गायक प्यासीले यस कार्यक्रममा उपस्थितीका लागि नेपाली स्रोता दर्शकलाई आग्रह गरेका छन् ।

नेपाली सुगम संगीतको ईतिहासमा महत्वपूर्ण योगदान पुर्याएका गायक प्यासीको सम्मान र दुवईमा रहेका नेपाली स्रोताको मागका कारण आयोजना हुन लागेको यस कार्यक्रमलाई संगीतमय माहौल बिच सभ्य शैलीमा सम्पन्न गर्ने लक्ष्य राखेको आयोजक टिमले सबै नेपालीलाई कार्यक्रममा उपस्थित हुन अनुरोध समेत गरेका छन् ।

कार्यक्रमका बारे थप जानकारीका लागि

आषिश पुरुष: ०५५ -४९६-९५७४ र  लक्ष्मण ०५५-१४८-२६३० सम्पर्क गर्न सकिने छ ।