श्रावण २४ गते २०७६

मृगौला पिडित ३५ वर्षिय वडा सदस्य लाहानु थारुको निधन

राजापुर नगरपालिका वडा नं. १ का वडा सदस्य लाहानु थारुको मृत्यु भएको छ । मृगौला तथा कलेजो मा आएको समस्याका कारण २१ दिन देखी शिक्षण अस्पताल नेपालगंजमा उपचार गराईरहेका ३५ वर्षिय थारुको विहिवार राती उपचारको क्रममा मृत्यु भएको हो ।

केही वर्ष अगाडी देखी मृगौलामा समस्या देखा परेको उनलाई एकाएक कलेजोमा समेत समस्या देखिएपछी उपचारका लागि नेपालगंज लगिएको पारिवारीक श्रोतले जनाएको छ ।

नेपाली कांग्रेसबाट राजापुर नगरपालिका वडा नं. १ का वडा सदस्य पदमा निर्वाचित थारु नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत हुन ।