श्रावण ८ गते २०७६

बैतडीमा जीप दुर्घटना १ को मृत्यु २ जना घाईते

बैतडको दशरथचन्द राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बैतडीबाट धनगढीका लागि छुटेको ग १ ज ५२२४ नम्बरको जीप आज बिहान करिव ५ बजे दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ खोड्पेको बन्तड भीरमा दुर्घटना हुदाँ एक यात्रुको ज्यान जानुका साथै २ जना घाईते भएका हुन् ।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार भीरबाट झण्डै अढाई सय मिटर तल खसेको सो जीप दुर्घटनामा मृत्यु भएका ब्यक्तीको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका मध्य उकजना दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका हिक्मत सामन्त र भने परिचय खुल्न नसकेका गम्भिर घाईते अर्का ब्यक्तीलाई उपचारका लागि डलेल्धुरा अस्पताल लगिएको छ ।