असार २२ गते २०७६

ट्रेन्डिङको उकालो चढ्दै गायक समिर र गायिका सुरेखाको ‘लभ लेटर’

पछिल्लो समय अत्याधिक चर्चामा रहेका युवा गायक समिर आचार्यको नयाँ गीत लभ लेटर सार्वजनिक भएको छ । ‘मेरो दुनिया बेग्लै छ’, ‘पिचरोड’, ‘घाममा सुकाईदेउ’, ‘स्यानोमा स्यानो साईंली’ लगायतका बहुचर्चित गीतहरुबाट युवा पुस्तामाझ लोकप्रिय बनेका गायक समिर र भ्वाईस अफ नेपालबाट चर्चामा गायकी गायिका सुरेखा क्षेत्रीको आवाजमा रहेको लभ लेटर 8K एभरेष्ट मोसनको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

सन्तोष कुमारको शब्द संगीत रहेको यस गीतको भिडियोमा अँचल शर्मा र मंजिल बस्नेतको मुख्य अभिनय रहेको छ भने अथिती कलाकारका रुपमा राहुल शाहको पनि अभिनय रहेको छ ।

गायक समिर एक दशक बढि समय देखी अष्ट्रेलियामा रहँदै आएका छन् । बसाई अष्ट्रलिया भएपनि उनि बाक्लो रुपमा नेपाल आईरहने कलाकार हुन् भने बिदेशका कार्यक्रममा पनि उनि ब्यस्त कलाकार भित्र पर्दर्छन् । शास्त्रिय संगीतको पृष्ठभुमीबाट आएका यि गायकका गीतमा नेपाली टिपिकल शब्द र अहिलेको पुस्तामाझ चलन चल्तीमा आएका शब्दहरुको प्रयोग ज्यादा हुने भएकाले पनि गीतहरु अत्याधिक रोजाईमा पर्ने गर्दछन् ।

शुक्रबार सार्वजनिक भएको ‘लभ लेटर’ले सार्वजनिक भएको २ दिनमै यो समाचार तयार पार्दा सम्म ३ लाख २५ हजार प्लस भिवर र ७४९ कमेण्ट बटुलदै ट्रेन्डिङ नं ३१ म आईपुगि सकेको छ । गायक समिरका यस अघिका सबै गीतहरु ट्रेन्डिङको शिर्ष स्थानमा रहँदै आएका छन् ।