वैशाख १३ गते २०७६

गरिब तथा जेहेन्दार बिद्यार्थीको सयोगार्थ मे १२ मा चलचित्र ‘साँईली’ कोरियामा प्रदर्शन हुँदै

भोजपुर परिवार दक्षिण कोरियाले चलचित्र ‘साँईली’लाई कोरियामा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनको छोटो समयमा नै सर्वाधिक सफल चलचित्र ‘साँईली’ आउँदो मे १२ तारिख आईतबारका दिन कोरियाको दोङदेमुन seongbuk District Hall मा चलचित्र साईंले प्रदर्शन हुने भएको हो ।

सन २००५ मा स्थापना भएको सम्पूर्ण कोरियावासी भोजपुरेहरुको साझा संस्था  ‘भोजपुर परिवार दक्षिण कोरियाले’  भोजपुरका जिल्लाका गरिव तथा जेहेन्दार बिद्यार्थीका लागि छात्राबृत्ती कोष निमाणार्थ प्रदर्शन गर्न लागेको साईंली चलचित्रको प्रदर्शनलाई लिएर कोरियावासी नेपाली अत्यन्त उत्सुक छन् ।

मे १२ आईतबारका दिन दिउँसो १२ बजेबाट प्रदर्शन हुने  चलचित्र ‘साँईली’को कोरिया प्रदर्शनमा निक नेपाल ट्राभलले स्पोन्सर गरेको हो ।

बैदेशिक रोजगारमा जाने नेपालीहरुको कथालाई मुल रुपमा उठान गरेको छ भने सामाजिक अवस्थामाथीको चित्रणले चलचित्रलाई नारीप्रधान बनाएको छ ।

गायक हेमन्त रानाको सर्वाधिक सफल गीत सुन साईंलीले कमाएको प्रशंसाले गायक राना र सुन साँईलीगीतका मोडल रहेका नायक गौरव पहाडीले निर्माण गरेको यस चलचित्रमा सोही गीतमा गौरबको जोडीका रुपमा रहेकी अभिनेत्री मेनुका प्रधान र गौरव मुख्य भुमिकामा देखिएका छन् भने चलचित्रमा दयाहाङ राई, किनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इस्तु कार्की, सरोज अर्याल र अरुणा कार्कीको पनि अभिनय छ ।

फिल्मका निर्माता विशाल गुरुङ र मोहन राना मगर हुन् भने कार्यकारी निर्माता मणिराम पोखरेल, लेखन र निर्देशन रामबाबु गुरुङ, छायाङ्कन शैलेन्द्र डि कार्की, कोरियोग्राफर विक्रम स्वर, सङ्गीत कालीप्रसाद बास्कोटा र सुशान्त गौतमको रहेको छ ।

 

कार्यक्रमबारे थप जानकारीका लागि

हाङखिम छा (संयोजक)

सम्पर्क नं. – 0107613357551