वैशाख ७ गते २०७६

वरिष्ठ साहित्यकार बसन्त कुमार शर्माको निधन

वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको निधन भएको छ । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक शर्माको ९७ वर्षको उमेरमा कुमारीगालस्थित निवासमै आज (शनिबार) निधन भएको हो ।

साहित्यकार शर्मा लामो समय देखी मुटु लगायतका विभिन्न रोगबाट थलिएका थिए ।  विसं १९८४ को रामनवमीको दिन महारागञ्जमा जन्मिएका शर्माले शबै भन्दा ठुलो नेपाली शब्दकोष नेपाली शब्दसागर’ १५ बर्ष लगाएर लेखेको पुस्तक हो भने लेखक उनका दर्जनौ साहित्य कृती प्रकाशित छन् ।

महाभारतको गद्यमा उल्था समेत गरेका साहित्यकार शर्माले संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका छन् भने उनले नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए ।

राजधानीका पशुपति क्याम्पस, रत्नराज्य क्याम्पस लगायतका शैक्षिक संस्थाको संस्थापक समेत रहेका शर्माले लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन गरेका थिए ।

स्व. शर्माका श्रीमती, चार छोरी र ४ छोरा रहेका छन् ।