वैशाख ६ गते २०७६

बोस्टनमा उत्तर अमेरिकी कथा वाचन – २०१९ हुने

अमेरिकाको बोस्टनमा उत्तर अमेरिकाका १३ जना कथाकारले कथा वाचन गर्ने भएका छन् | आगामी मे महिनाको ३ र ४ तारिकमा हुने उक्त कथा वाचन कार्यक्रम राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको हो |

नडा र अमेरिकाका कथाकारले कार्यक्रममा एकएक कथा वाचन गर्नुका साथै कथा सम्बन्धि आफ्नो धारणा व्यक्त गर्ने छन् | कार्यक्रममा कृष्ण कुसुम, कृष्ण धरावासी, कृष्णराज खनाल, गोबिन्दसिंह रावत, गोवर्धन पूजा, दीपा राई पुन, भारती गौतम, मन्जु विमली, महेश्वर पन्त, विश्वराज अधिकारी, सुशील नेपाल, हरि अधिकारी र हरि थापाको सहभागिता रहने छ |

अमेरिकामा पहिलो पटक आयोजना हुन लागेको कथा वाचन लाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजक सस्थाका सुशील नेपालले बताए |

कार्यक्रममा बर्णनुक्रमले पालो आउने कथाकारले आफू भन्दा पछि पालो आउने कथाकारको बारेमा परिचय दिनेछन् र कथा वाचन गर्ने छन् |