वैशाख ५ गते २०७६

घुस लिएको आरोप लागेका पेरुका पूर्वराष्ट्रपति गार्सियाद्वारा प्रहरीकै सामु आत्महत्या

घुस लिएको आरोप लागेका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले आत्महत्या गरेका छन् । डलर आफ्नो दोस्रो कार्यकालमा राजधानीमा मेट्रोलाइन परियोजनासँग सम्बन्धित ओडुब्रेस्ट कम्पनीबाट ३ करोड डलर घुस लिएको आरोप लागेका पूर्वराष्ट्रपति गार्सियालाई पक्राउ गर्न उनको घर पुगेपछि आफैलाई गोली हानी आत्महत्या गरेका हुन्।

१९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हालेका गार्सियालाई ओडुब्रेस्ट कम्पनी ले आफुहरुले गार्सियालाई सन् २००४ यता पेरुमा ३ करोड डलर घुस दिएको स्वकारेपछि उनको चर्को आलोचना भएको थियो ।

तर गार्सियाले आफू राजनीतिक पूर्वाग्रहको शिकार भएको बताउँदै आएका थिए। ट्वीट मार्फत मंगलबाट आफूविरुद्ध कुनै प्रमाण नरहेको बताएका गार्सियाले पक्राउका लागि आफ्नो निवासमा प्रहरी आएपछि फोन गर्न भन्दै एउटा कोठामा गएर उनले ढोका बन्द गरेका थिए। फोन गर्न भनेर आफ्नो कोठामा गएका उनले केही मिनेटमै आफ्नो टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए । उनको कोठाबाट गोली चलेको आवाज आएपछि प्रहरीले ढोका खोल्दा टाउकोमा गोली लागेको अवस्थामा उनी कुर्सीमा ढलेका थिए । उनलाई तत्काल राजधानी लिमास्थित अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनको शल्यक्रिया भएपनि तर उनी बाँच्न भने सकेनन्।

घटना भएको थाहा पाएपछि उनका समर्थकहरू अस्पतालबाहिर जम्मा भएका थिए।