वैशाख १ गते २०७६

सर्लाहीको लालबन्दीमा बस दुर्घटना: ३ जनाको मृत्यु, ३१ घाईते

सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन् । जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम सकेर घर फर्केका कामदारले रिर्जभ गरेको सो बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ बागवानीमा आज बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै ३१ जना घाईते भएका हुन् ।

बा ३ ख १३१८ नम्बरको सो बस दुर्घटनामा मृत्यु हुनेहरुमा सुनसरी जिल्ला रामधुनी नगरपालिका ९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका ६ का २५ वर्षीय बबली उराउ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते उनिहरुको उपचारका लागि अस्पताल लगिएको भएपनि अस्पताल पुर्याउँदा चिकित्सकले उनिहरुलाई मृत्यु भै सकेको मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाईते ३२ जना मध्य ४ जनाको अवस्था गम्भिर रहेको बताईएको छ । बस तीब्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको भनिएको सो बस सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।