चैत्र २४ गते २०७५

भोलीका पुस्ताले पनि गर्व गर्न लायकको NRNA बनाउनु पर्छ – तिलक केसी

एनआरएन अमेरिकाको आगामी निर्वाचनमा बोर्ड अफ डाईरेक्टर पदका उमेद्वार तिलक केसीले एनआरएनए भावी पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सृजना आजका एनआरएनए भित्रका ब्यक्तीहरुले गर्नु पर्ने बताएका छन् । केसीले सामाजिक हितका लागि स्थापना भएको बलियो संगठन एनआरएनए प्रति गुनासो बढ्नु र संस्था विदादित बन्नुले भोलीका पुस्तामा नकरात्मक सन्देस जाने भएकाले आजैबाट एनआरएनए भित्रका सबैले यस बिषयलाई गम्भिर रुपमा सोच्नु पर्ने बताएका हुन् ।

उमेद्वारीको बिषयलाई लिएर गरिएको कुराकानीका क्रममा केसीले एनआरएन अमेरिका जिम्मेवार सामाजिक संस्था भएकाले यस प्रति भोलीका पुस्ताको आकर्षण बढाउन स्वच्छ छविको निर्माण गर्नु आफुहरुको दाहित्व भएको बताए ।

उनले संस्था प्रवेश गर्ने सबैले सामाज सेवामा लाग्दैछु भन्ने सोचेर निश्वार्थ भावले अमेरिकामा रहेका नेपाली समुदाय र नेपालमा रहेका सबैको गाह्रो अप्ठ्यारोमा उभिन सक्नु पर्ने बताउँदै ब्यक्तीगत फाईदाका लागि सोच्नेहरुसंग अन्य क्षेत्रहरुपनि प्रसस्त भएकाले एनआरएनएप्रतिको जन विश्वासलाई आफ्नो निजी स्वर्थका लागि प्रयोग गर्न नमिल्ने धारणा राखेका छन् ।

भविश्यका कार्यसमितीमा हाम्रै नेपाली समुदायका सन्तानलाई हस्तान्तरण गर्नु पर्ने भएकाले एनआरएनएको गरिमालाई उचो राख्ने काममा सबै जना सचेत रहनुपर्ने केसीको भनाई छ । त्यसकै लागि पनि आफुले उमेद्वारी दिएको बताउँदै केसीले आफु बिजयी भएको खण्डमा पारदर्शी र स्वच्छ छवि भएको एनआरएनए अमेरिका निर्माण आफ्नो पहिलो प्राथमिकतामा पर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।