चैत्र १७ गते २०७५

प्रदेश नं २ मा आज साँझ अकल्पनिय हावाहुरी: ठुलो संख्यामा मानविय क्षती, सिंगो देश शोकमा

प्रदेश नं २ मा आज साँझ आएको हावाहुरीले ठुलो संख्यामा मानविय क्षती भएको छ ।  अहिले सम्म बारा र पर्सामा २५ जनाको मृत्यु र ४०० बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् भने यो संख्या अझै बढ्न सक्ने अवस्था रहेको छ ।

खबर पाए लगत्तै प्रधानमन्त्री केपि शर्मा ओलीले ट्वाटमार्फत यो घटनाको जानकारी दिंदै गहिरो दुख ब्यक्त गरेका थिए भने उनले लगातार मृतको संख्या र आवश्यक निर्देशन सहितको ट्वाट गरिरहेका छन् ।

उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशन दिईरहेको प्रधानमन्त्रीले मध्यतारमा गरेको श्रृखलावद्ध ट्विटले त्यहाँको अवस्था अत्यन्त गम्भिर रहेको अनुमान गरिएको छ । घरहरुमा क्षेती संगै बिजुलीका पोलहरु र रुखहरु समेत ढल्नेगरि साँझको समयमा आएको यो शक्तीशाली हावाहुरीले सडकमा रोकिराखेका करिब दर्जनौं बस र ट्रक समेत पल्ीदाँ जनजीवन त्रासदीपूर्ण अवस्थामा छ भने घाईतेको संख्या अत्याधिक हुँदा अस्पतालमा रगतको अभाव भएर रगत संकलनका लागि अपिल समेत गरिएको छ ।

वीरगञ्ज नेशनल मेडिकल हलेजमा राति १२ बजेसम्ममा २२० जना घाइते भर्ना भएका छन्। नारायणी अस्पतालमा ५० भन्दा बढी भर्ना भएका छन्। यस्तै वीरगञ्ज हेल्थकेयर अस्पतालमा ३० भन्दा बढी घाइतेको उपचार भइरहेको छ। वीरगन्ज मेडिकल कलेजमा मात्र सय बढी घाइतेको उपचार भइरहेको छ।

प्रधानमन्त्रीले आफ्नो तेस्रो ट्वीट ;नाइट भिजन हेलिकप्टरबाट तत्काल उद्दार; भनेर राखेका छन् । सिंगो देश नै सोकमा डुब्ने गरि भएको यस अकल्पनिय दैवी प्रकोपको समाचारले देश बिदेशका नेपाली दुखी हुँदै सामाजिक संजालमा थप अपडेटका समाचारको पर्खाईमा बसेका छन् । रातिको समयमा बाटो अवरुद्ध हुनेगरी भएको यो दुर्घटनामा घाईतेको उदर गर्न कठिनाई परेको छ ।

 

तस्विर: मधुरी महतो बिबिसी