चैत्र १३ गते २०७५

विप्लव’ माओवादीका ४ जना कार्यकर्ताद्वारा राजिनामा

‘विप्लव’ माओवादीका ४ जना कार्यकर्ताले राजिनामा दिएका छन् । मंगलबार प्रेश बिज्ञप्ती जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’महासचिव रहेको नेकपाका चितवन जिल्ला समिति सदस्य सहित ४ जनाले पार्टीबाट राजिनामा दिएका हुन् ।

राजिनामा दिनेहरुमा जिल्ला इन्चार्ज मधु क्षेत्री, र कार्यकर्ताहरु रामप्यारी श्रेष्ठ, राजकुमार बिक र श्रमनाथ पण्डित रहेका छन् ।

जारी विज्ञप्तीमा उल्लेख भए अनुसार उनिहरुले सरकारको प्रतिबन्ध कारण र स्वास्थ्यमा आएको समस्याका कारण आफुहरुले राजिनामा दिएका हुन् ।