पौष १५ गते २०७५

प्रचण्डको निर्वाचन क्षेत्रमा पूर्व युवराज पारस शाहले ल्होसार संगै मनाए आफ्नो जन्मदिन

पूर्व युवराज पारस शाहले आफ्नो जन्मदिन चितवनमा मनाएका छन् । गुरुङ समुदायको आज परेको २६६३ औं तमु ल्होसारको अवसर पारेर चितवन पुगेका शाहले उपस्थित सर्व साधारणसंग आफ्नो जन्म दिन मनाएका हुन् ।

पारस शाह चितवन आईपुगेको थाहा पाएका पत्रकार र सर्वसाधारण समेतको बाक्लो उपस्थिती रहेको भरतपुर बिमानस्थलमा उनका समर्थकहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा सहिद उनको भब्य स्वागत गरेका थिए । चितवनका लागि पारस शाहको बिहान ९ : ४५ को फ्लाईट रहेकोमा उडान डिले हुँदा उनि ११: ४५ बजे मात्र चिताउन पुग्नु परेको थियो । त्यो हुँदा उनिद्वारा उद्घाटन गर्नु पर्ने केहि कार्यक्रम शाहले छुटाउनु परेको थियो ।चितवन पुगेका पूर्वयुवराज पारसको विमानस्थलदेखि नै स्वागत र स्किटिङ गरिएको थियो ।

तमु हिउला छोंज धि गुरूङ राष्ट्रिय परिषद \ पटियानी ईकाईद्वारा आयोजित तमु ल्होसारको निमन्त्रणामा चितवन पुगेका पूर्व युवराज शाहलाई चितवनका बरिष्ठ समाजसेवी , चन्दादाता , गुम्बा सरक्षक बिमल सिंह , गणेश बहादुर सिंहले समन गर्दै गुरुङ समुदायको मौलिक पहिरन भाङ्ग्रा तथा फेटा पहिराएका थिए ।भने गुरूङ समाज तथा पदमपोखरी बासिको अतित्थ्यतामा आयोजित पद्वमोदय युवा ब्लका प्राङ्गणमा महिला भलिवलको उद्धघाटन समेत पारस शाहको हातबाट गरिएको थियो ।

पारस शाहलाइ हेर्नकै लागि मात्र पनि बालक देखी बृद्ध सम्मको उपस्थिती रहेको कार्यक्रमबाट बचेको केही समय उनले चितवनको पगौडीमा पुगेर त्यहाँका शिक्षक तथा राजनितिक कार्यकर्तासंग पनि भेटेका थिए । उनलाई भेट्ने सबैले संगै बसेर फोटो खिच्न रहर गरेपछि उनले नै सहजताका साथ सबैसंग फोटो खिचेका थिए ।

उनि २ :४५ बजे काठमाडौ फर्कने कार्यक्रम रहेको भएपनि चितवनबाट पनि फ्लाईट डिले भएर उनि ३ : ४५को उडानबाट काठमाडौं फर्किएका छन् ।