पौष ६ गते २०७५

दाङमा बस दुर्घटना: ९ जनाको मृत्यु

 

दाङमा बस दुर्घटना  हुँदा ९ जनाको जनाको मृत्यु भएको छ। बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको ३१ जना सबार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा  दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।

शिक्षक तथा विद्यार्थी चढेको सो बस दुर्घटना भएको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा ५ सडकबाट सय मिटर तल खसेको थियो ।

थप बिबरण आउन बाँकी नै रहेको यस दुर्घटनामा स्थानीय तथा दाङ र सल्यानक प्रहरीको सहयोगमा चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।