मंसिर १४ गते २०७५

‘एशिया प्यासिफिक समिट २०१८’ को भत्सर्ना गर्दै भोली काठमाडौंमा बिरोध कार्यक्रम

हिजोबाट नेपालमा सुरु भएको ‘एशिया प्यासिफिक समिट २०१८’ को कमनिष्ठ अभियानले बिरोध जनाएका छन् । उनिहरुले ‘एशिया प्यासिफिक समिट’लाई विवादस्पद तथा निन्दनीय कार्यक्रमको संज्ञा दिंदै भोली मंसिर १५ गते बिरोध कार्यक्रम राख्ने भएका हुन् ।

चावहिल स्थित पासाङ ल्हामु चोकमा बिहान ९ : २० बाट सुरु हुने भनिएको बिरोध कार्यक्रमबारे जानकारी दिंदै कर्मनिष्ठ अभिन्यन्ता सोम बिक्रम सिंहले बिहिबार जारी गरेको बिरोध पत्रको पूर्ण पाठ

 

बिरोध तथा भत्सर्ना पत्र

अाँखामा छारो हाल्न बिकास र समृद्धिको लागि भन्दै बिवादस्पद र शंकास्पद धार्मिक गतिविधीमा कृयाशिल युनिभर्सल पिस फेडरेसनले  मङ्सिर १३ देखि १७ सम्म एशिया प्यासिफिक समिट तथा अन्य कार्यक्रम गर्दै छ  । संस्थापकका अध्यक्ष स्व. सन म्युङ र उनका पत्नी हाक जा हान मुनले कृश्चियन धर्म प्रचारक , अनुयायी , समर्थक र अभियन्ता एकनाथ ढकाललाई प्रयोग गरि बिगतमा नेपालमा युनिभर्सल पिसको नाममा बिभीन्न कार्यक्रम गर्न सफल भईसकेका छन् । परिवाल दलका संस्थापक अध्यक्षको साउथ कोरिया अन्तर्गत युनिफिकेसन चर्चसँग विशेष सम्बन्ध छ । सो दल हाल अाएर नेकपामा गाभ्भिसकेको छ । परिवार दललाई सो चर्चले अाफ्नै पार्टी सम्झिने गर्थे , सो बिषय युनिभर्सल पिस फेडरेसनको वेभ साईटमा खुलस्त भएको छ ।

हाल ढकाल नेकपा कै सदस्य भएका कारणले गर्दा उनले सो पार्टिका भुपू प्रधानमन्त्री तथा अर्का अवसरवादी र बिवादस्पद ब्यक्ति माधक कुमार नेपाललाई एशिया पयासिफिक समिट २०१८ को मुख्य भुमिका तथा संयोजकको अभिभारा दिन सफल भएका छन् ।

राज्यले एउटा अाईनजिअोको कार्यक्रममा यसरी बिवादस्पद रूपले न्वारन देखिको बल लगाएर सुरक्षाको नाममा सरकारको भौतिक र अन्य स्रोत साधन प्रयोग गराई भयंकर शंकास्पद देखिएको छ । गुरू गोरक्ष नाथको तपोभुमी तथा श्री पशुपतिनाथको देवभुमी र दैवि शक्तिको यश पवित्र भुमी नेपालमा राष्ट्र , राष्ट्रियता , धर्म संस्कृति , राष्ट्रिय पहिचान र मौलिक सभ्यतामा नै अाँच अाउने र वैदिक सनातन नै धराप पर्ने खाले कुकार्यको सम्पूर्ण राष्ट्रवादी तथा देशभक्त र वैदिक सनातनका रक्षक नेपालीहरूले घोर भत्सर्ना तथा बिरोध जनाउन अत्यावश्यक छ ।

देशमा जोड र बिजोडको यातायात संचालनको नाममा कर्मसिल नेपालीलाई जुन दुख दिने काम गरेको छ , त्यो अत्यन्त निन्दनीय छ । तथा यसको बिरोध गर्दै सरकारको उर्दीको अवज्ञा गर्न हामी हार्दिक अपिल गर्दछौं ।

एउटा अाईएनजिअोको कार्यक्रममा राजनैतिक निर्णय गराई कतार सरकारले सार्क सम्मेलनको लागि उपलब्ध गराएको तथा बिम्स्टेकमा खरिद गरिएको भिभीअाईपि सवारी साधन र सचिव तथा मन्त्रीको सवारीसाधनलाई पैत्रिक सम्पत्ति झैं प्रयोग गर्न र उपलब्ध गराउन राष्ट्र सेवकलाई बिवस बनाएर सरकारले जुन अनुचित निर्णय गर्यो त्यो असाध्य निन्दनीय छ । विभिन्न जिल्लाबाट प्रहरी प्रशासनलाई गाडी र सेक्युरिटी काठमाडौंमा झिकाएर परिचालन गर्ने जुन दुस्साहस कार्य गर्यो त्यो पनि भत्सर्ना योग्य नै छ ।

अमेरिकामा रहेको हतियार माफिया स्व. मुनकी छोरीको अभिभारा रहेको सो संस्थाले नेपालमा गर्न लागेको समिटको भित्रि रहस्यात्मक कार्यक्रम Interfaith Wedding Ceremony र Family dedication यी दुई हुन् । यी दुवैको मुख्य उद्धेशय नै अन्ततोगत्वा कन्भर्सन नै हो । सो कुरा यी दुवै कार्यक्रम के हो भनी व्याख्या तिनकै वेभ साईटमा गए बुझ्न सकिन्छ । अझ डरलाग्दो कुरा त जिसस क्राईस्टको छोरी उपाधी पाउन लागेको सो कार्यक्रममा विभिन्न हिन्दू चेलीहरूलाई Interfaith Wedding Ceremony अन्तर्गत क्रिश्चियन चेलासँग बिवाह गराएर धर्म परिवर्तन गराई , धर्म माथि नै धावा बोलिदै छ ।

त्यस्तै अर्को कार्यक्रम Family dedication नेपालका भएभरका मेयर र उपमेयर तथा तिनका श्रीमान तथा श्रीमतीकै जोडि बोलाएर झुक्याएर यश धर्मको अास्था प्रति सपथ खुवाउने ठूलो प्रपञ्च रचिदै छ । सोझा नेपालीलाई झुक्काएर यश किसीमको कार्यक्रम बिगतमा पनि भईसकेको थियो । यसै गरि नेपालमा पहिलो युनिभर्सल पिस कार्यक्रम पश्चात नेपाली चेलीहरू धमाधम कोरिया लगि बिवाह गरि धर्म परिवर्तन गर्ने कुचेष्टा यिनै दलाल तथा धर्म परिवर्तनकारी द्वारा गरिदै अाएको सर्वबिदितै छ ।

तसर्थ: युनिभर्सल पिस फेडरेशनले गर्न लागेको एशिया प्यासिफिक समिट २०१८ को बिवादस्पद कार्यक्रम र धर्म भ्रष्ट कार्यक्रमको मतियार गणतान्त्रिक नेपाल सरकारको घोर बिरोध तथा भत्सर्ना गर्दै कार्यक्रमको अवज्ञा गर्दै कार्यक्रम बिफल तुल्याउन सम्पूर्ण राष्ट्रप्रेमी , देशप्रेमी तथा मौलीक पहिचानधारी नेपालीलाई हार्दिक अपिल गर्दैछौं ।

सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा परिवार

#Stop Religious Conversion !
#Stop Religious Enchroachment !
#Interfaith Wedding Ceremony – Converting people into Christianity ?
#Family Dedication – Christian Oath ?
#धार्मिक हस्तक्षेप बन्द गर !
#धर्म परिवर्तन बन्द गर !
#वैदिक सनातन धर्म कायम गरौँ ।