कार्तिक २६ गते २०७५

नवलपरासीमा बस दुर्घटना: २५ घाईते, ३ को अवस्था गम्भिर

नवलपरासीमा यात्रुवहाक बस दुर्घटना हुँदा २५ जना यात्रु घाईते भएका छन् । दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस गैंडाकोटको अमरापुरीमा दुर्घटना हुँदा २५ यात्रु घाइते भएका हुन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आईतबार राती २ बजे भएको सो बस दुर्घटना घाईते भएकाहरु मध्य ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

रातको समयमा चलिरहेको बस अनियन्त्रित भएर पल्टिएको थियो ।