असाेज १४ गते २०७५

US मिडियाको प्रस्तुती गायिका रेश्मा केसीको ‘खै किन हो’ सार्वजनिक (भिडियो)

गायिका रेश्मा केसीको नयाँ गीत ‘खै किन हो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशील पंगेनीको शब्द संगीतमा रहेको ‘खै किन हो’ को भिडियो US मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

डान्सिङ बिटमा रहेको ‘खै किन हो को’ भिडियोलाई कमल ईक्छाई मगरले निर्देशन गरेका हुन् । नायिका निता ढुंगाना र जीवन गीरीको अभिनय रहेको यस गीतको भिडियो चक्र महर्जनको छायांकन र अजय कमलको सम्पनमा बजारमा आएको हो ।