असाेज २ गते २०७५

नेपालगन्जमा अस्ट्रेलियन शैक्षिक मेला हुँदै

नेपालगन्जमा अस्ट्रेलियन शैक्षिक मेला गरीने भएको छ । यहि असोज ३ गते नेपालगन्जमा अस्ट्रेलियाका १० वटा प्रतिष्ठान कलेज तथा विश्व विद्यालयहरु एकै स्थानमा विद्यार्थिहरुलाई परामर्श प्रदान गर्ने भएको हो ।

अस्ट्रेलियन शैक्षिक मेलामा १५ सय विद्यार्थिहरुलाई परामर्श दिने गरी तयारी गरीएको मेलाको सम्योजन गरीरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस्, नेपालगन्जले जनाएको छ ।

एक्सपर्ट एजुकेशनले समय समयमा नेपालगन्जमा अस्ट्रेलियन शैक्षिक मेला गर्दे आएको र त्यसको प्रतिफल पनि राम्रो देखिएको एक्सपर्टका शाखा प्रवन्धक इश्वरी प्रसाद आचार्यले जानकारी दिनुभयो ।

गत वर्ष भाद्र ६ गते बाट आफ्नो सेवा सुचारु गरेको एक्सपर्टले एक वर्षयता १५० जना विद्यार्थिहरुलाई्र भाषा प्रशिक्षण गराइसकेको छ भने ५० बढि अस्ट्रेलिया गैसकेको शाखा प्रवन्धक आचार्यले जनाउनुभयो ।