भाद्र २६ गते २०७५

पुरानो घर र खरको छानो सम्झदा ! – सज्जन ढकाल

गरिबिको परिधी भित्र धरातलिय स्वरुप बनी बि.स २०३३ सालमा गुल्मि जिल्लाको भुर्तुङ छापचौर गाउँमा निर्माण गरियको सामान्य पानी ओत्ने दुई कोठाको घर ,घरको दायाँ बायाँ र पछाडि पट्टि लिपपोतको कुरै छोडौ ,किनकी परिवार पाल्न र जिबिको पार्जन गर्नका लागि ज्यालादारी र मजदुरि काम गर्नु पर्थ्यो ! त्यसै माथी पन्चायतहरुको शासन दबदबा र तिनिहरुकै निर्देसमा चल्नु पर्ने बाध्यता गरिबिको रोदन साहुमाहजनबाट लिइएको ऋड त्यो ऋड तिर्नका लागि उनिहरुको घरमा हलो जोत्ने हलि बनी चालिसौ बर्ष हजुर बुवाको पाला देखि जोत्दै आएको पुरानो प्रथा ।

आफ्नो सम्पत्तिको नाममा रहेको दुई डोका मकै उब्जाउ हुने बारि र एक घर सिवाय अन्य अर्थ नरहे पछि मेरो बुवा पनि उही प्रथालाइ निरन्तरता दिनु भयको रहेछ। बुवा आमा मेलापात संगै ज्यामी काम गर्ने र पायको पारिस्रमिकबाट दैनिकि चलाउने बाध्यता हाम्रो सन्तानमा बिध्यमान नै रहेछ । आमाको कोख बाट २०३५ सालमा जन्मिएँ म । मेरो बाल्यकाल कष्टपुर्ण तरिकाले बितेछ ।किनकि म अनुभव बटुल्ने कुरा र उमेर पनि भएन , जब म ९ बर्षको भएँ, सबै घरको अवस्था बुवा आमाको मिहनत र परिस्रम देख्न थाले त्यसैमा मलाइ बुवा आमाको स्कुल पढाउने ठूलो रहर कापी कलम किन्न नसक्ने गरिबिको सङ्कट र मेरो पढ्ने ठूलो रहर पूरा गर्नका लागि जनतन दस ठाउँमा फाटेका लुगा र सयौ ठाउँमा प्वाल परेका कपडा साथि भाइले गरिबी भयकै कारण गर्ने छि छि,को व्यवहार ,खप्दै खाली खुट्टा हिडदै गर्दा त्यो कलिलो मस्तिष्कमा परेको पिडाको छाप अनुभव गर्दै काठको पाटी र लेख्ने खरी समाउदै स्कुल जाँदै कक्षा ५ सम्म जनतन पढ्ने अवसर पाएँ ।

भनिन्छ,शत्रुता लागोस दैव नलागोस तर ठिक उल्टो त्यस पश्चात परिवारमा दिन प्रतिदिन समस्या हरु थपिदै गय ! परिवारमा प्रलयका सङ्कट गहिरिदै गए ,असारको महिना र खेती पाती सङै रोपाइको सिजन थियो बुवा साहुको घरमा हलो जोत्नको लागि जानू भयको थियो । म सानै भएपनी बाध्यता र बिवसताले गर्दा साहुको मेलामा आमा संगै गएको थिएँ ।

केही दिन अगाडि देखि आकास बाट निकै भारी वर्षा भैरहेको थियो । पहिरोले बगाएर देसका अन्य ठाउमा थुप्रै मानिस हरु मृत्युको सिकार बनिरहेका रेडियो नेपालको समचारबाट थाह हुन्थ्यो । त्यस्तै बुवा पनि साहुको घरमा अबेर सम्म रोपाइ सकेर फर्कने रातको समयमा पहिरोले बगायको सिमलको रुखले लागि टुनिखोलाको खोल्सामा मृत्युको सिकार हुनु भछ । हामी आमा छोरा अबेर सम्म घरमा बुवालाइ पर्खि रातको १२ बजे सम्म नयाएपछी साहुको घर बस्नु भएछ भनठानेर सुतेका थियौ ।

बिहान पख गाउमा मृत्युको खबर गुन्जिन थाल्यो ,गाउलेहरु घटना स्थल तर्फ गयछन बुवाको सव अन्तिम दाह सस्कारको लागि लैजाने कुरा गर्दै सव घरमा ल्याए, आमा रुदै अचेत हुनुभयो । म पनि अचेत भय त्यति बेला गाउँका सबै मानिसहरु हाम्रो थोत्रो घरको आगनमा जम्मा भयका थिएँ ।

दाजु भाइ र बंशज धेरै थियनन हजुर बुवाको बुवा एक्लो छोरो र अन्य केही आफन्त भएका पनि निकै पत्थर हृदयका थिय ! सहयोगको कुरै छोडौ निर्दयी व्यवहार गर्ने गर्थे ती बचनका टुक्राले मुटु भरी पीडा र आँखा भरी आँसु सिवाय अन्य केही दिदैनथ्यो ।

हिन्दु सस्कार मृत्यु पश्चात् काज कृया गर्नु पर्ने असार महिनाको त्यो भारी बर्षा घरमा चुहिने खरको छानो ,निरन्तर आकाश बाट हुने दिनरातको भारी वर्षा घर भरी पानीको आहाल तैपनी पिडाको रोदन भित्र केही संघर्ष, थोत्रा भाडा पानी चुहिने ठाउँमा आमाले थाप्नु हुन्थ्यो छिन भरमा भरिने फेरि फाल्ने यो निरन्तरता चलिरह्यो । सुत्ने बस्ने र ओडने कम्मल पनि पानीले रुजथ्यो त्यो चिसो सङग पौठे जोरि खेल्दै सकसको पीडा भुमरि भित्र चित्रित थियो ! तैपनी बारम्बार बुवाको स्मृतिले मुटु भक्कानी रहन्थ्यो र काज कृया पनि जनतन सकियो ।

बुवाले आमालाइ गर्भवती बनाउनु भएको रहेछ । आफू मृत्यु भयको पाँच महिना पछि आमाको कोख बाट भाइको जन्म भयो ! आमा सुत्केरी हुनुहुन्छ ,घरमा खाने अन्नपात छैन ,चिसो बाट बचाउनु पर्ने घरको अवस्था र राम्रो खाना दिनु पर्ने त्यो सपना जस्तै थियो ! १५ बर्सको केटो म सबै समस्या बुझ्ने र समाजको दृष्टि नियाल्न सक्ने थिएँ ,त्यसैले त्यो पीडा गम्भीर भयर सोच्न बिवस भएँ ।

बुवाले हलो जोत्ने साहुको घरमा गएर दस पाथी धान र एक माना घ्यु मागे हाम्रो घरको पीडा देखेर सहज साथ दिनु भयो  र सम्झाउदै भन्नू भयो (पिर नगर्नु बाबू यो प्रकृतिको नियम नै हो) लियर आय त्यो धान ढिकीमा कुट्नु पर्ने ,ढिकिमा जादा गाउभरिका मान्छे हुन्थे पालो कुर्नु पर्ने तैपनी अबेर सम्म जनतन कुटेर ल्याय सुप्पोमा राखी केही माना चामलको भुस फाली आमा भोक भोकै हुनुहुन्थ्यो भात पकायर दिय ! आमा भक्कानियर रुनु भयो ! बुवाको स्मृती र दुखको रोदन सम्झेर होला ! आमाको आखामा आसुको भेल बग्दा मेरा नयनमा पनि आसुको मुल फुट्त्यो ! तर सानो भाइको मुहारमा खुसिको सङ्केत हुन्थ्यो किनकी उ निर्दोष र सोच्न नसक्ने नाबालक थियो ।

भाइ जन्मनु खुसी भन्दापनी सङ्कट थप्न गरिबिको पीडा संघर्षको बिवसता भित्र अल्पत्र पर्न र उस्को भबिस्यमाथि म सोच्दै थिय ! र आमा सङ प्रस्न गरे आमा साहुको घरमा हामिले पैसा तिर्नु कति छ ? आमाले भाइलाइ काखमा लिदै भन्नू भयो यहि घर बनाउदा लियको पाँच हजार तिर्नु छ बाबू यो बोली बोल्दा आमाको गहभरी आँसु भरिदै बोली रोकिएको थियो ।

म केही छिन बोल्न सकिन यो पैसा कसरी तिर्ने ,भाइ सानो छ ! साहुको घरमा हलो जोत्ने बिकल्प भन्दा अरु अन्य केहिपनी छैन ! १५ बर्सको कलिलो मस्तिष्कलाई मैले भाइको भबिस्यको दिन सम्झेर हलो जोत्ने अठोठ गरे । र स्कुलको पढाइपनी अन्त्य गरे ! किनकी आमालाई दुखमा साथ दिने अन्य कोहिपनी छैन र आमाको खुसी नै मेरो जिन्दगिको लक्ष्य सम्झिएँ ।

साहुको घरमा चार बर्ष सम्म हलो जोत्ने काम गरे साहु पनि यहाको सबै घर जग्गा बेचेर तराइ जाने निर्णय गर्नुभयछ ! म त्यति बेला १९ बर्षको र भाइ ५ बर्षको भयको थियो । साहु एक दिन हाम्रो घरमा आउनु भयो र आफू तराइतिर जान लागेको सबै कुरा बताउनु भयो ।भोलि बेलुका हाम्रो घरमा आउन आग्रह गर्दै घर फर्किनु भयो ।

भोलि पल्ट आमा भाइ र म गयौं खाना खान दिनु भयो । लगाउने लत्ताकपडा अन्नपात र केही पैसा पनि दिनु भयो । आमाले सोध्नु भयो पहिलाको ऋण के गर्ने हजुर जान लाग्नु भयो ? साहुले भन्नुभयो भयो तिर्नु पर्दैन ,टारिखेत बेची दिएँ, गैरी खेत र बाबुले जोत्दै आएका एक हल गोरु पनि तिमिहरुलाइ छोडिदिएको छु, राम्ररी गरेर खानु पिर नमान्नु ! छोराहरु हुर्कदै छन ! एक दिन सुख र खुसिको दिन ल्याउने छन । चिन्ता नमान्नु ।

हामी घर आयौं साहु जानू भयो केहिदिन कस्तो कस्तो लाग्यो त्यस पछि हामी खेतिपाती र मेलापात गर्न थाल्यौं । भाइ ठुलो भयो ज्याला मज्दुरी गरेर भयपनी स्कुलमा पढाउन थाल्यौं पढाइमा अब्बल निस्कदै कक्षा १ देखि १० सम्म प्रथम हुँदै अगाडि बढ्दै गयो । आमा र म पनि खेतिपाती र ज्याला मज्दुरी गर्दै जनतन उच्च शिक्षा पढाउदै गयौं उस्ले सरकारी छात्रबृतिमा नाम निकाल्न सफल हुँदै इन्जिनियर पढ्ने मौका प्राप्त गर्यो र लोकसेवाबाट नाम निकाली सरकारी जागिर खान सफल भयो ।

हाम्रो खुसी र हर्सको पात्र भाइ नै हो किनकी घरमा अहिले उसैको कमाइबाट ५० हजार खर्च गरि जस्ता पाताको छानो हालियको छ ! बर्खा यामको समयमा आजभोली पुरानो घर र खरको छानो सम्झदा पुनः मुटु भक्कानी रहन्छ । बिगतको ओत र साहुको माया नै प्रेरणाको स्रोत बन्यो ।

हाम्रा संघर्षका यात्राहरु निरन्तर अगाडि बढ्दै थिएँ । ज्याला मजदुरी गरेर भएपनी सुखका दिन एक छाक आनन्दले खाना र एक सरो नयाँ लुगा लगाउन पाउँदा मन खुसी हुन्थ्यो । आमाको पनि दुखको रोदनले गर्दा उमेर ढल्किदै बुढेसकालले छोयो । भाइ सरकारी जागिरे भयपछी समाजका अन्य ठुला बडा भनाउदाहरुले हेर्ने दृष्टि फरक हुँदै गयो ! सबै हजुर बुवाका पाला देखिको ऋण तिर्दै गयो ! समाजमा प्रतिस्ठित ब्यक्ती हुँदै जादा हाम्रो परिवार म र आमालाइ समाजले हेर्ने दृस्ठि घृणा भन्दा सम्मानित नजरको बन्दै गाउँघरका ब्यापारिहरु हजारौंको उधारो व्यवहारमा बिस्वस्थ हुँदै गएँ । पहिले सलाइको एक बट्टा पनि तिर्न सक्दैन भनेर पत्याउने बाताबरण थिएन ।भाइको कमाइ र लगानिले परिवारको सल्लाह अनुसार मैले पनि केही गर्नु पर्छ भन्ने सोचले सानो किराना पसलको सुरुवात गरे जस बाट सफल बन्दै अहिले सफल व्यापारी भएको छु । मेरै लगानी बाट सिमेन्टेट चार कोठाको घर निर्माण गरिसकेको छु । त्यो घर भाडामा र भाइको कमाइ छदै छ । आमा उहीँ पुरानै घरमा बस्न रुचाउनु हुन्छ । किनकी आमा भन्नुहुन्छ तिमिहरुको सफलता नै मेरो खुसी हो । यो घरनै तिमिहरुको पाठसाला हो। झुपडी भनेर हेला नगर्नु र कहिल्यै नबिर्सनु । बिगतको स्मृती गर्दै अगाडि बढ्नु ।

पहिले हामी आठो पिठो माग्न जाने घरका महाजनहरु आजभोली उधारो माग्न मेरो पसलमा आउने गर्दछन ! त्यो अवस्थाबाट आज सम्म निकै लामो दुरिको दौडान र थकानको अनुभुति जस्तो हाम्रो ब्यथा संघर्षमा सिमित थियो । बास्तबिकता केवल भोगाइ र पिडाको धरातलमा इन्द्रेणिको रङ्ग जस्तो बनी तरङ्गित हुँदै लम्कने कोसिसमा आधारित थियो ।

समाज भित्र गरिबिको रोदनमा हुर्कदै गर्दा समस्या माथी बाधा सृजना गर्नेहरु आज भोलि हाम्रै घरमा केही पैसा सापटी र ऋणको लागि आउदा ऋड दिने क्रममा गर्भलाग्छ कता कता दुखको आभास पनि हुने गर्दछ । ती साथी भाइ संगै स्कुल जादा र पढ्दा गरिने निच व्यवहार र मुटु पोल्ने गरि भनेका कटाक्ष बचन मेरो मस्तिष्कमा ताजा नै छन। त्यो पिडाको अनुभव आज म प्रकट गर्न सक्ने भएको छु । तर प्रकट गर्नु हुदैन बरु हामि समाजमा सरल नरम र मिजासिलो हुने निर्णय गरेका छौ ।

समाजमा हैसियतको लागि गरिबी र बिपन्नता होइन सम्पन्नता र आर्थिक अवस्था बलियो चाहिदो रहेछ । किनकी जब सफलताका सिडिहरु उपलब्धी प्राप्त गर्दै जादा बुद्धिजिबि,भद्र ,भलाद्मी समाजसेवी लगायत अन्य सबै तक्माको बिभुसण दिने गर्दा रहेछन ! त्यो बिभुसणबाट हाम्रो परिवार ग्रसित भएको छ । किनकी त्यो थोत्रो घर साहुको ऋण चुहिने घरको छानो ,कृया बस्दाको बिपद ,आमाको प्रसव र सुत्केरी बेलाको अवस्था त्यस पछि भोक भोकै बसेका कारुणिक प्रतिबिम्ब समाजले हेर्ने दृस्ठि बोलिने वचन र गरिने सोसण आज मस्तिष्कमा ताजा नै छन ।त्यति बेला न साथी भाइ न इस्ठमित्र कोहि पनि थिएनन ! केवल मुटु भरी चोट आँखा भरि आँसु र भुमरिको सुस्सावट मात्र ।

हाम्रो समाज पापी छ स, माजको नियत खराब छ । किनकी दु:ख मा साथ दिने कोहि हुदैनन सुखमा अघिपछी सल्लाह र सुझाव दिने इस्ठमित्र र आफन्तहरुको धेरै जन्म हुदो रहेछ। त्यो प्रसाद आज हाम्रो परिवारले भोगेको ज्वलन्त उधारण हो । उ बेलामा तुच्छ व्यवहार गर्ने हरु घृणित दृष्टिबाट हेर्नेहरु आज अघिपछी र मीठो सल्लाह सुझाव दिने ,र जटिल परिस्थितिमा सहयोग गर्दा रहेछन ताकी उनैको घरमा ज्यामी काम गर्न जादाको ब्यवहार र आजको ब्यवहारमा आकास पातालको भिन्नता पाइन्छ । आखिर त्यही समाज र त्यहिका मानिसहरु नै हुन ।

बिगतको पीडामा मलम लगाउने होइन नुन चुक र खुर्सानिको धुलो राखिदिने हरु आज हर्समा सारथि बन्दै गर्दा , हाम्रो परिवारको गनतब्यले त्यो सहजरुपमा लिएको छैन । बरु तिनिहरुको चोटमा मलम बन्ने गरेको छ । बिगतमा हजुर बुवाको पाला देखि आजसम्म प्रस्तुत भयका सबै हृदय बिदारक कटुताले मनमा आलस्यता र बढ्दो सुर्यको किरण जस्तो ज्योती प्रधान गरेको छ। पुरानो घर ,चुहिने खरको छानो, असार महिना दिनभरिको बर्षा र काम गर्दा भिजेको कपडा आगोमा सुकाएर लगाएका क्षण, घर भरी पानीको आहल सुत्दा ओढ्ने कपडाको अभाव, आमाको प्रसवको पीडा ,सुत्केरी अवस्था र भोक भोकै बसेका दिन ,साहुको गैरी खेत,एक हल गोरु ,पाँच हजार ऋण बाबुको मृत्यु ,आमाको दुख र मेरो भोगाइ भाइको शैक्षिक प्रगती, सरकारी जागिर समाजले गर्ने नृदयी व्यवहार उच्च प्रेरणाका स्रोतहरु हुन ।त्यसैले पुरानो घर र चुहिने खरको छानो स्मृतिको तरेलिमा गुन्जिदै मस्तिष्कमा पटक-पटक पुनरावृत्ति भैरहन्छ ।।

 

(यो मेरो काल्पनिक कथाबस्तु हो, कसैको वास्तविक जीवन संग मेल खायमा संयोग मात्र हुने छ – सज्जन ढकाल  )