भाद्र २२ गते २०७५

क्षेत्री समाज बेल्जियमद्वारा गायक आनन्द कार्कीको परिवारलाई सहयोग

क्षेत्री समाज बेल्जियमले गायक आनन्द कार्कीकी घर्मपत्नी ईश्वरी कार्कीको उपचारका लागि आर्थीक सहयोग संकलन गरेको छ । केहि महिना अघि अचानक दुवै मिर्गौलाले काम गर्न छोडेपछि महंगो डाइग्लोसिस खर्चका कारण अप्ठ्यारोमा परेको कार्की परिवारको सयोगार्थ क्षेत्री समाज बेल्जियमले ६२ हजार ४ सय १ रुपयाँ रकम आनन्द कार्की र उनकी श्रीमतीलाई हस्तान्तरण गरेको हो ।

समाजकी महासचिव गीतकार यशोदा थापा ‘यशु’को पहलमा संकलन गरिएको उक्त रकम हाँस्य कलाकार सुजित थापा ‘डेविड’को साथमा समाजका उपाध्यक्ष कुल बहादुर कार्कीको हातबाट बिहिबार हस्तान्तरण थियो । रकम हस्तान्तरण लगत्तै शुक्रबार (आज)नै उपाध्यक्ष कार्की बेल्जियम फर्कदैं छन् ।

यस अघि पनि क्षेत्री समाज बेल्जियमले कलाकार दिपक क्षेत्रीको उपचारका लागि १ लाख रुपयाँ सहयोग गरेको थियो भने स्थापना कालदेखी नै बिभिन्न सामाजिक कामहरु साथै नेपाली कला-संगीतको प्रवद्धनका लागि समेत साँस्कृतीक कार्यक्रमहरु गर्दै आएको छ ।

 

सहयोगार्थीहरु

सन्तोष खड्का-  ५०€

किरण लक्ष्मी अधीकारी – ३०€

कृष्ण क्षेत्री  –    ३०€
नगेन्द्र बस्नेत-    ३०€

मुना + किषन केसी –   ३०€
हरी केसी             – ३०€
मोहन खत्री     – ३०€

खड्का बहादुर केसी    –   २४€

यसोदा थापा ( ‘यशु’ ) –  २१€

जयराम केसी             –   २०€
बिकास कार्की              –   २०€
दिपक कार्की                –   २०€
सीता केसी                  –   २०€
 कुल बहादुर कार्की        –   २०€
दिपेन्द्र केसी ब्रसल        –  २०€
कुल बहादुर खत्री ब्रुज      –   २०€
 रमेश कार्की                  –  १५€
 मदन केसी                    –   १०€
 मिन गुरूङ                  –  १०€