भाद्र १४ गते २०७५

मोदीको भ्रमणमा यो पटक पनि ‘ग्रेटर नेपाल’का अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत बिचको सुगौली सन्धि खारेज भएको आधा शताब्दी बितिसक्दा पनि भारतले नेपाली भूमी फिर्ता नगरेपछि पटक पटक आवाज उठाउँदै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आजबाट सुरु भएको बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध प्रदर्शन गर्न सक्ने आशंकाले मोर्चाका अध्यक्ष फणिन्द्र नेपालललाई चाबहिलबाट पक्राउ गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागी भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा नेपालमा आउनु राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता विरुद्ध भएको अभिब्यक्ती दिएका नेपाललाई यस अघि पनि गत बैसाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दक्षिण अफ्रिकाको भ्रमणबाट फर्कंदै गरेका उनलाई नेपाल प्रहरीले बिमानस्थलमै पक्राउ गरेको थियो ।

सन् १९५० जुलाई ३१ का दिन नेपाल-भारत शान्ति तथा मैत्री सन्धि भएर धारा ८ ले सुगौली सन्धि रद्द गरेको भएपनि भारतले नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भूभाग आजसम्म फिर्ता नगरेपछि राष्ट्रवादी मोर्चा ग्रेटर नेपालर्ले पटक पटक यो बिषयमा आवाज उठाउँदै आएको छ ।