भाद्र ९ गते २०७५

गीतकार-संगीतकार हरि विष्टको यो वर्षको दोश्रो तिज गीत ‘माईतीको आश’ सार्वजनिक (भिडियो)

गीतकार तथा संगीतकार हरि विष्टको यो वर्षको दोश्रो तिज गीत ‘ माईतीको आश’ सार्वजनिक भएको छ । गायिकाद्वय देवी घर्ती र राधिका हमालको स्वरमा रहेको माईतीको आश’ भिडियो सहित शुक्रबार राजधानिमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

मौलिक तिज भाकामा रहेर तयार पारिएको यो गीतमा झलक संगीतमंको संगीत संयोजन रहेको छ । भिडियोलाई पनि नेपाली संस्कृती र पहिचान सुहाउँदो तयार निर्माण गरिएको यस भिडियोमा करिश्मा ढकाल र आरुसी मगरको अभिनय र आर्कषक नृत्य रहेको छ ।

गंगामाला फिल्मस् को युटुव च्यानल मार्फत सार्वजनिक गरिएको माईतीको आसलाई नन्दा बस्यालले निर्देशनमा गरेका हुन् भने छायांकन करण चौसिरको र सम्पादन प्रवीण बिष्टको रहेको छ ।

गीतकार तथा संगीतकार हरी बिष्टको दुई बर्ष अघि सार्वजनिक गीत माईतिको देश गीतलाई २० लाख दर्शक कमाएको खुसियालीमा केक काट्नुका साथै मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रममा यस गीतका स्रष्टा बिष्टले नेपाली मौलिक पर्व तीजका गीतमा पछिल्लो समय आएको बिकृतीको बिरोध गर्दै आफुले तीज र नारीको सम्बन्धलाई समेटेर यस पर्वको महत्व स्वरुप नारी स्वर र नृत्यलाई गीत मार्फत प्रस्तुत गर्ने अभियान नै बोकेर हिँडेको बताए । उनको २ साता अघि मात्र माईतीको देश सम्झेर गीतलाई पनि करिव १ लाखको हाराहारीमा दर्शकले हेरिरहेका छन् ।

चलचित्रकर्मी तथा नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापाको प्रमुख आतिथ्यमा सम्पन्न तिज गीत माईतीको आस सार्वजनिक समारोहमा गायिका राधिका हमाल, टिका पुन, पत्रकार तथा गीतकार शान्तिप्रीय, नायिका दिपासा विसी लगायत माईतीको देश युनिट र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

आफ्नो नयॉ गीतको सार्वजनिक समारोहमा नै हरिले दुई वर्ष अधिको तिज गीत ‘माईतीको देश’ले युट्युभमा राम्रो सफलता पाएको खुशीयाली बनाउदै केक पनि काटेका थिए ।समारोह चलचित्रकर्मी तथा नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।