भाद्र ६ गते २०७५

साना तथा मझौला ब्यवसायी महासंघको ‘महिला उद्यमी मेला’ भदौ ८ बाट

साना तथा मझौला ब्यवसायी महासंघको ३ दिने महिला उद्यमी मेला भदौ ८ गतेबाट सुरु हुने भएको छ । बुधबार राजधानिको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी महासंघले नारिहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर याक प्यालेस पुल्चोकमा भदौ ८, ९ र १० गते महिला उद्यमी मेला आयोजना गरिने जानकारी दिएको हो ।

‘एक घर एक ब्यवसाय’ मुल नाराका लिएर आफ्नो कार्यक्षेत्र फराकिलो बनाएको महासंघले सो मेलामा एकल, अशक्त महिलादेखी बालबाबालिकाहरुबाट उत्पादित सामग्रीको स्टल समाबेश गरिने जानकारी दिएको छ । जसमा हस्तकाला समग्री, ढाकाजन्य उत्पादन, महिला श्रृगांर सामग्री, काष्ठकला तथा जुजुधौ, चटामरी, नेवारी परिकार तथा तरकारी र फलफुल सम्मका ६० वटा स्टल रहने छन् ।

बिभिन्न कलाकारका साथमा साँस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुती रहने सो मेलालाई तिज महोत्सव नाम दिएपनि बिषेशत महिलाहरुको यो पर्व नाच गानमा मात्र सिमित नभई उनिहरुको सिप क्षमताको प्रर्दशन साथै आय मुलक बनाउनका लागि मेला आयोजना गरिएको महासंघका अध्यक्ष वावुकाजी महर्जनले जानकारी दिए ।

बिहान १० बजेबाट साँझ ७ बजे सम्म चल्ने मेलामा १५ हजार अवलोकनकर्ताको अनुमान गरिएको छ ।

पत्रकार सम्मलेन पछि आज नै साना तथा मझौला ब्यवसायि महासंघका पदाधिकारीहरुले यहि महोत्सव तथा मेलाका बिषयमा उद्योग वाणिज्य महासंघमा पनि छलफल कार्यक्रम राखेको थियो ।