श्रावण २२ गते २०७५

डा. गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज हुँदै

पछिल्लो समय आफ्नो १५ औं अनशनबाट बिग्रीएको स्वास्थ्य समस्याका कारण उपचाररत डाक्टर गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १५ औँ पटक २७ दिनसम्म अनशनमा बसेका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि डिस्चार्ज हुने भएको हो ।

नेपालको स्वास्थ्य क्षेत्रमा भएको अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका डाक्टर केसी र सरकारबीच पछिल्लो समय चिकित्सा शिक्षा विधेयक संशोधन लगायत ९ बुँदामा सम्झौता भएको थियो ।