श्रावण १७ गते २०७५

कक्षा १२ को परीक्षाफल प्रकाशित

गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाफल आज प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो ।

बोर्डले दिएको जानकारी अनुसार पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि प्रकाशन गरिएको हो ।

ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा १ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २ सय २१ परीक्षार्थी, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा २७ हजार ६ सय ४३ परीक्षार्थी, २.४१ देखि २.८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५ परीक्षार्थी, २.०१ देखि २.४० जीपीए ल्याउने ९० हजार २ सय ९९ परीक्षार्थी रहेका छन् ।

यस्तै १.६१ देखि २.० जीपीए ल्याउने ६६ हजार ४ सय ३८ परीक्षार्थी, १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ परीक्षार्थी, ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय ८८ परीक्षार्थी र ०.०० देखि ०.८० जीपीए ल्याउने १ सय ९९ परीक्षार्थी रहेका छन् ।

कक्षा १२ को परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी र आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी थिए ।