श्रावण १६ गते २०७५

भारतले कब्जा गरेको २ तिहाई नेपाली भूभाग फिर्ता पाउनु पर्ने माग सहित ‘ग्रेटर नेपाल’ बिरोध कार्यक्रममा

६८ बर्ष पहिले नै खारेज भै सकेको सुगौली सन्धिको नियम बिपरित भारतले आज सम्म नेपाली भूमि फिर्ता नगरेपछि  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले दवाव मुलक प्रदर्शन गरेको छ । १९५० जुलाई ३१ का दिन नेपाल – भारत शान्ति तथा मैत्री सन्धि भएर धारा ८ ले सुगौली सन्धि रद्द गरेको भएपनि भारतले नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भूभाग आजसम्म फिर्ता नगरेपछि राष्ट्रवादी मोर्चा ग्रेटर नेपालले जुलाई ३१ को दिन स्मरण गर्दै मंगलबार राजधानिको माईतीघर मण्डलामा ‘ग्रेटर नेपाल’ अभियानले बिरोध कार्यक्रम राखेको हो ।

नेपाल – भारत शान्ति तथा मैत्री सन्धि भएको ६९ औं वर्ष प्रवेशका अवसरमा राखिएको सो कार्यक्रममा बोल्दै ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भूभाग आजसम्म नेपालले फिर्ता नपाउनुमा भारत मात्र नभई नेपाल सरकारमा समेत दोसी रहेको बताएका छन् । उनले सिमा रक्षाका लागि लडेका नेपालीको बिरताको ईतिहास स्मरण गर्दै आफ्नो भूमि फिर्ता ल्याउनको लागि हतियार उठाउन परेपनि आफूहरु तयार रहेको बताए ।

अध्यक्ष  नेपालका अनुसार: भारतीय उपमहाद्विपमा करिब २०० बर्षदेखी कायम रहेको बेलायती उपनिवेश सन् १९४७ जुलाई १८ मा बेलायती संसद स्वयमले पारित गरेको “भारत स्वतन्त्रता ऐन” बाट सन् १९४७ अगस्त १४ मा पाकिस्तान र अगस्त १५ मा भारतलाई स्वराज दिएर समाप्त भएको हो।

त्यति बेलै सुगौली सन्धि ९१८१६ मार्च ४ मा गुमेको नेपालको करिब ६० हजार वर्ग कि.मि. जमिन स्वतन्त्र भएको भए पनि तत्कालीन राणा शासकको राजनीतिक स्वार्थका कारण नेपालमा एकीकृत हुन सकेको थिएन । यसैको क्षतिपूर्ति हुने जस्तो गरि राणा प्रधानमन्त्री मोहन शम्शेरले भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको दबाबमा सन् १९५० जुलाई ३१ मा नेपाल९भारत शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरेका थिए ।यही सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरेको थियो भने धारा १ ले ग्रेटर नेपाल कायम गरेको थियो ।

त्यस्तै पत्रकार निमकान्त पाण्डेले सिमानाका जनताले भोग्नु परेको सास्ती र नाकाबन्दी देखी नेपालप्रति भारतले देखाउँदै आएको रवैयाको तमासे बनेको नेपाल सरकारले अविलम्ब नेपाली भूभागमा कायम औपनिवेशिकताको अन्त्य गर्नुपर्ने माग गरेका छन् ।

१९५० जुलाई ३१ का दिन नेपाल – भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरेको थियो भने धारा १ ले ग्रेटर नेपाल कायम गरेको थियो । उक्त सन्धिको धारा १ र ८ अनुसार ग्रेटर नेपाल कायम भैसकेको हुँदा यी दुई धाराका अक्षर र भावनाको अक्षरश: पालना गरियोस् भन्ने माग राखी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सबैलाई ईतिहास स्मरण गराउँदै माइतीघर मण्डलामा विरोध कार्यक्रम तय गरेको हो ।

ईतिहास हेर्न हो भने इन्डियाको जन्म बेलायती संसद्को गर्भबाट भएको थियो । तर त्यो ‘एक्ट’ले इन्डिया मात्र होइन पाकिस्तान पनि जन्माएको थियो र नेपालको जमिन पनि स्वतन्त्र गरिदिएको थियो । त्यो एक्टमा नेपालको जमिनमाथिको बेलायती उपनिवेश इन्डिया र पाकिस्तानमा हस्तान्तरण हुनेछ भनेर कतै भनिएको छैन बरु त्यसमा हामी ब्रिटिशहरू आउनुभन्दा अघि यो क्षेत्र राजनीतिक रूपमा जस्तो अवस्थामा थियो हामी त्यही रूपमा छोडेर जाँदै छौँ भनिएको छ । नेपालसँग बेलायतले गरेको सुगौली सन्धि पनि त्यही दिन रद्द भएको हो । सन् १९५० जुलाई ३१ को नेपाल ९ भारत सन्धिको धारा १ र ८ ले त यही सत्यलाई पुष्टि गरेको मात्र हो ।