वैशाख २४ गते २०७५

पाँच दिनदेखि हराएकी वडा सदस्यको शव झुन्डिएको अवस्थामा भेटियो

भोजपुरको रामप्रसाद राई गाउँपालिका ४, दलगाउँस्थित एक महिला सदस्य मृत भेटिएकी छन्।   गत वैशाख १९ गतेबाट सम्पर्क बिहिन भएकी दलित महिला सदस्य स्थानीय ४६ वर्षीय देवी दर्जीको शव झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

मृतक वडा सदस्य दर्जीको शव स्थानीय सुरेन्द्र कार्कीको घरदेखी करिब पाँच सय मिटर तल झुण्डिएर सडिसकेको अवस्थामा दर्जीका श्रीमान तीर्थ दर्जीले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।   खबर पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अन्नपूर्ण पोष्टमा समाचार छ ।