वैशाख ९ गते २०७५

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ को २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ को २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको आज सम्पन्न मनोनयनबाट प्रदेश नं ४ को अध्यक्षमा त्रिभूवन पौडेल, वरिष्ठ उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव इन्द्र पौडेल (खुला), सचिव रुद्र श्रीष मगर ९समावेशी० र कोषाध्यक्षमा दीपक भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसै सदस्यमा खुलातर्फ खेमबहादुर सारु मगर, गोविन्दप्रसाद सुवेदी, वसन्तराज अधिकारी, राजेन्द्र न्यौपाने, रामजीप्रसाद लम्साल, सन्तोष गौतम र सुशीलबाबु श्रेष्ठ (कैलाश) छन् भने महिला सदस्यमा अञ्जना तिमिल्सिना, कमला केसी र रवीना ढकाल, दलित सदस्यमा राजेश सोनाम, आदिवासी जनजाति सदस्यमा शिला गुरुङ र संगम घर्तीमगर तथा अल्पसंख्यक सदस्यमा शेष मोहम्मद हनिफ निर्वाचित भएका छन् ।

मधेशी दुई सदस्यको कोटामा उम्मेदवारी नपरेपछि खुला सदस्य थप गरिएको थियो भने स्वतन्त्र पत्रकार संघले एउटा सदस्यमा मात्रै उम्मेदवारी दिएको थियो । चुनाव नगर्ने सहमति अनुसार प्रेस सेन्टरले आफ्नो भागमा परेको एउटा सदस्य फिर्ता लिएपछि नेपाल पत्रकार महासंघ प्रदेश नं ४ को २१ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।