वैशाख ८ गते २०७५

‘कान्छी हे कान्छी’ भिडियो सार्वजनिक – पहिलो गीतबाटै चर्चामा गायक किशन रेग्मी

गायक किशन रेग्मीको गीत कान्छी हे कान्छीको भिडियो सार्वजनिक भएको छ । अमेरिकाको टेक्ससमा रहँदै आएका गायक किशन रेग्मीले टेक्ससकै स्थानिय स्टुडियोमा रेकर्ड गराएका यो गीतको भिडियो युएसखवरको आधिकारिक युट्युव च्यानल यु एस मिडिया नेटवर्कमार्फत शुक्रबार सार्वजनिक भएको हो ।

प्रल्हाद रिजालको शब्द र एसडी योगीको संगीत रहेको ‘कान्छी हे कान्छी’ गीतमा गायक किशनलाई गायिका श्रुती योगीले साथ दिएकी छन् ।

उद्धव सिलवाल प्रोडक्सन र युएस मिडिया नेटवर्कको सहकार्यमा तयार पारिएको गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको अभिनय रहेको छ ।

युवापूस्ताका प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । ललितपुरको गोदावरी रिसोर्टमा छायांकन गरिएको उक्त गीतलाई उत्सव दाहालले खिचेका हुन भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् ।

अमेरीकाका उद्धव सिलवाल निर्माता रहेको गीतको भिडियो लाई निसान घिमिरेले सम्पादन गरेका हुन् ।

किशन रेग्मीको पहिलो गीतका रुपमा सार्वजनिक कान्छी हे कान्छी सार्वजनिक भएसंगै उनको गायकीको पनि सबैतिर चर्चा भइरहेको छ । पहिलो गीतबाटै प्रशंसा कमाएका किशनको सांगीतिक बाटो फराकिलो रहेको उनको गीतले प्रमाणित गरेको छ ।

नेपालमा रहँदा नै सफल रेडियोकर्मीका रुपमा परिचय बोकेका किशन रेग्मी अमेरिकामा रहेर पनि नेपाली पत्रकारिता क्षेत्रका सक्रिय योगदान पुर्याएका छन् ।। किशन राम्रा गीतकार पनि हुन् । यसअघि उनले लेखेका गीतहरुको संग्रह एल्वम कृपाले पनि लोकप्रियता हासिल गरेको थियो ।