चैत्र २९ गते २०७४

लाङटाङ पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

लाङटाङ क्षेत्रको पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा समस्या भएर जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको हो।

गत शनिबार लाङटाङको पदयात्रामा निस्केका उनको गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मृत्यु भएको खबर पाउनासाथ यतिबेला प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्रहरी टोलीसहित घटनास्थलमा गएका