चैत्र २३ गते २०७४

नेपाल मेडिसिटी–ग्लोबल आइएमइ सम्झौता

नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आइएमई बैंकबीच मंगलबार द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा सहज र सुविधायुक्त उपचारका लागिदुवै पक्षले सहकार्य गरेका हुन् ।

नेपालीको सम्पूर्ण उपचार अब देशमै सम्भव बनाउने अभियानमा सरिक हुन नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमालले आग्रह गरे । सम्झौतामा रिमाल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।

नेपालीलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटीले आफ्ना सेवालाई राष्ट्र सेवामा समर्पित गरेको रिमालले उल्लेख गरे ।

ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालले आउंदा दिनमा विभिन्न सामाजिक कार्यमा सहभागी हुने र आफ्ना ग्राहकलाई थप सुविधा दिन पहल गर्ने पनि जनाएका छन् ।