चैत्र २६ गते २०७४

नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानको तेस्रो श्रृंखला सम्पन्न

नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानको तेस्रो श्रृंखला सम्पन्न भएको छ । स्रस्टाका कला ,गला र सृजनालाई प्रस्तुतिको साझा मन्चको अवधारणा लिएर अघि बढेको प्रतिष्ठानले बिभिन्न साहित्यकार तथा कलाकारहरुको सृजना बाचान र गायनसंगै आइतवार अमेरिकाको कोलोराडोमा आफ्नो तेस्रो श्रृंखला सम्पन्न गरेको हो ।

औपचारिक कार्यक्रमको नाममा खाता र अतिथी सम्मान र परिचयमै लामो समय खर्च गर्ने चलनबाट बाहिर रहेर धेरै भन्दा धेरै स्रस्टा कलाकारलाई प्राथमिकाका साथ सहभागी गराउने उद्येश्य बोकेको प्रतिष्ठानको तेस्रो श्रृंखला चर्चित गायिका रिमा गुरुङ होडाको सभापतित्वमा सानी बालिका आँचल सापकोटाको नेपाली नृत्यबाट सुरु गरिएको थियो ।

केहि समय अघि निधन भएकी बरिष्ठ गायिका कमला श्रेष्ठ र नेपाली संगीतलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन महत्पपूर्ण भूमिका निर्वाह गरेका स्व बिजय बैद्येलाई भावपुर्ण श्रद्धाञ्जली अपर्ण गरिएको कार्यक्रममा बिभिषिका अधिकारी ,समीर आचार्य ,गौतम सागर राइ , सरोज भुषाल,धन पौडेल र भुपेन्द्र महतले कविता ,गीत गजल लगायतका आफ्ना सृजना् सुनाएका थिए भने ज्ञानेन्द्र काफ्लेले नेपालमा रहेका स्रष्टा श्याम कुमार भट्टराइ र विश्वानाथ प्रेमको रचना र भुपेन्द्र महतले लक्ष्मी थापाको गजल बाचन गरेका थिए । 

समान हैसियत र अवसर प्रदान गर्ने लक्ष्य लिएको यस प्रतिष्ठानले कार्यक्रम सञ्चालनका लागि पनि सबैलाई उत्तीकै महत्वमा राख्दै आएको छ । जस अनुसार यस पटकको कार्यक्रम धन पौडेलले सञ्चालन गरेकोमा चौंथो श्रृंखलाको सञ्चालन भूपेन्द्र महतले गर्ने निर्णय भएको छ ।

कार्यक्रमको सभापति गायिका रिमा गुरुङ होडाले नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानको प्रगतिको कामना गर्दै गगन गुरुङको शब्दमा रहेको गीतपहिलो पटक मन्चमा गाएर कार्यक्रमको समापन गरेकी थिईन् ।